२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सांसद समन्वय समिति गठन गर्न प्रमुख सचेतक पाण्डेको माग



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले महिला सांसद समन्वय समिति गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद पाण्डेले संसदको कार्यकाल आधा सकिँदा पनि समिति गठनको प्रक्रिया नथालेकोप्रति आपत्ति जनाउनु भयो । महिला समन्वय समितिका पदाधिकारी र सदस्यहरूलाई थप सेवा तथा सुविधा नदिने भनेर नै नियमावलीमा व्यवस्था गरिएको स्पष्ट पार्दै आर्थिक अभावका कारण ढिलाई भएको भन्ने तर्क अर्थहीन भएको पनि बताउनु भयो । उहाँले तत्काल समिति गठन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो यो सभाको कार्यकाल आधाजति भइसक्दा पनि र सदनमा तथा कार्य व्यवस्था परार्श समितिमा यो समिति बनाउन माग गर्दा पनि अझै पनि नियमावलीको व्यवस्था कार्यान्वयन भएको छैन । महिला समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई थप सेवा तथा सुविधा नदिने भनेर नियमावलीमा नै व्यवस्था गरिएको छ । त्यसो भएको हुनाले आर्थिक अभाव भएर ढिलो भएको हो भनेर पनि मलाई लाग्दैन । महिलाहरुलाई प्रत्यक्ष असर पर्ने बहुविवाह, डिम्ब संकलनजस्ता समाचारले तरंग सिर्जना गरिरहेको यतिखेरको अवस्थामा महिला समन्वय समिति गठनको नियमावली कार्यान्वयनको लागि सभामुखज्यलाई सविनय अनुरोध गर्दछु । बहुविवाहको कानून ल्याउनेबारे सरकारको धारणा के हो ?’

प्रमुख सचेतक पाण्डेले बहुविवाहबारे सरकारको धारणा समेत माग गर्नुभयो ।