१६ असार २०८३, मंगलवार
,
Latest
लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आइतबारको मौसम पूर्वानुमान



अ+ अ-

मौसम पूर्वानुमान महाशाखाले हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । भने, नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल  देशको  पूर्वी र मध्य भूभागमा सामान्य बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पूर्वी  भूभागहरुमा  सामान्य बदली हुने र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

त्यस्तै, मध्य तथा पूर्वी पहाडी भूभाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा राति भने  देशको  पहाडी  भूभागहरुमा  सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने उल्लेख गरिएको छ । 

यसैगरी, मध्य र पूर्वी  भूभागका  केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।