२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमित भूमि फिर्ता लिइछाड्ने संकल्प संसदबाटै गर्न गगन थापाकाे आग्रह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवानेता एवं सांसद गगन थापाले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव अघि सारेका छन् ।

सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । त्यसअनुसार निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको छ ।

कांग्रेस संसद थापाले एक लिखित नाेट सार्वजनिक गर्दै याे राष्ट्रिय प्रतिबद्धताको विषय भएकाले संविधान संशोधन प्रस्ताव द्रूत गतिमा सर्वसम्मत पास गर्नुपर्ने बताउँदै नेपालको नयाँ नक्सा संविधानको अंग भएसँगै राष्ट्रिय स्वाभिमानको लडाइँमा महत्वपूर्ण अध्याय सुरु हुने बताए ।

आन्तरिक मामिलामा मतभेद भए पनि राष्ट्रिय स्वाभिमानका खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा सबै एक ठाउँमा उभिएको उनले बताएका छन् । नेपाली भूभागमा नेपाली सार्वभौम शक्ति स्थापित नभएसम्म यो एकता अझ कायम रहनुपर्ने थापाले बताए ।

उनले भनेका छन्, सीमासँग सम्बन्धित विषयमा कांग्रेस र नेकपा संसदले संसदमा दर्ता गरेको दुई संकल्प प्रस्तावलाई पुनर्लेखन गरेर परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेकर कालापानीसहितको हाम्रो भूभाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्पसहितको साझा संकल्प प्रस्ताव मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट पारित गरौं ।’

हेर्नुहाेस् थापाले जारी गरेकाे प्रेस नाेट