२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दि छोडेर विदेशिएका सहकर्मीलाई बिदाइ गर्दा…



अ+ अ-

काठमाडौं । हिजोदेखि सामाजिक सञ्जालमा एउटा घटनाका दृश्य भाइरल भइरहेका छन् ।

दृश्य हो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छ । नेपाल प्रहरीका एक कर्मचारीले जागिर छाडेर विदेशिन लागेपछि सहकर्मी भावुक बनेकी छन् ।

यसअघि उनीहरु दुवै जना विमानस्थलकै सुरक्षामा खटिएका थिए । तर अप्रत्यासित रुपमा एक जना सहकर्मीले जागिर त्यागेर विदेशीने निर्णय गरेपछि अर्की सहकर्मी भावुक बनेकी हुन् ।

नेपाल प्रहरीमा राजीनामा दिएर बाहिरिने र विदेश पलाउने क्रम क्रम बढ्दो छ । गत आर्थिक वर्ष २०८१/०८२ मा मात्र २ हजार ३ सय ६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् ।

फोटो : नवराज परियार

सिनियर दर्जाका १९ जनाले राजीनामा दिएका छन् । यस्तै जुनियर अधिकृत ४ सय १ जना जागिर छाडेर जाँदा जवान र हवल्दार १ हजार ९ सय ४९ जनाले राजीनामा दिएका छन् ।

यस्तै अनिवार्य अवकाशमा ५२३ जना गएका छन् ।

गत आर्थिक वर्षमा २ हजार ७१७ जना प्रहरीमा भर्ना भएका छन् । जवान, सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा गरी त्यति नयाँ प्रहरी भर्ती भएका हुन्।

नेपाल प्रहरीमा ७९ हजार ५४१ जनाको दरबन्दी रहेको छ । त्यसमध्ये हाल ९४.०५ प्रतिशत अर्थात् ७४ हजार ८०६ जना कार्यरत छन् । यसमध्ये पनि ६५ हजार ५२० जना पुरुष र ९ हजार २८६ जना महिला प्रहरी छन् ।

अहिले प्रहरीमा ४ हजार ७३५ जनाको दरबन्दी खाली छ ।