२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न ९ जनाको आवेदन



अ+ अ-

काठमाडौं । रूपन्देही क्षेत्र नं.३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न ९ जनाले निवेदन दिएका छन् ।

रास्वपाको उम्मेदवारको लागि परेको निवेदन आज सार्वजनिक गरेको हो । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो ।

उम्मेवारहुन इच्छुकमा सुलभ खरेल , पाछाबेन्द्र उपाध्याय, डा.लेखजंग थापा , ज्ञानु पौडेल ,जितबहादुर गुप्ता ,रचना क्षेत्री, पुनम कुमारी अग्रवाल, मधुप्रसाद अर्याल र कुसुम महर्जनले निवेदन दिनुभएको छ ।

रूपन्देही–३ मा अगामी कात्तिक–१७ गते प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ । साउन २३ गते विहान १० बजेदेखि २४ गते बेलुका ५ गतेसम्म उम्मेदवारउपर दाबी विरोध गर्न सकिने रास्वपाले बताएको छ ।