२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानाध्यापकमा नियुक्त भएमा शिक्षकको महासंघको सदस्यता स्वतः निष्क्रिय हुने



अ+ अ-

काठमाडौं । नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्याल शिक्षा विधेयकसम्बन्धी परामर्श उपसमितिले गरेको प्रश्ताव समितिले पास गरेको हो ।

नेपाल शिक्षक महासंघको पदाधिकारीलाई एक वर्षमा बढीमा दुई महिनासम्म काजको व्यवस्था गर्न सकिने व्यवस्था गर्ने प्रश्ताव गरेको छ । यद्यपि शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले काजको समयावधी हटाउन प्रश्ताव गर्नुभएको छ ।

नेपाल शिक्षक महासंघको संस्थागत विकास तथा शैक्षिक सुधार सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी नेपाल शिक्षक महासंघले तोकेका दुई जना पदाधिकारीलाई एक वर्षमा बढीमा दुई महिनासम्म काजको व्यवस्था गर्न सकिने परामर्श उपसमितिको प्रश्ताव छ । उक्त प्रश्तावमा सहमति जुट्न सकेको छैन । विधेयकलाई आजै पास गर्नेगरी समितिमा छलफल जारी छ ।