२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेताले छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउनुपर्छ, विदेश पढ्न पठाउन पाइँदैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरुले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बतउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रिय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरुको काठमाडौंमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताउनु भयो । उक्त निर्णय लागू भइरहेको पनि अध्यक्ष दाहालको दाबी छ । अबबाट पार्टीका नेताहरुलाई आफ्ना सन्तान पढाउनका लागि विदेश नपठाउने निर्णय भएको पनि बताउनु भयो । आफ्ना सन्तनहरु कसैले पनि विदेशमा अध्ययन नगरेको उहाँको दाबी छ ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘मैले अस्ति भर्खरै पार्टीको केन्द्रिय समितिको बैठकपछि माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरुको काठमाडौंमा भेला गरेर एउटा निर्णय गरिएको छ । त्यो लागू भइरहेको छ। अब सबै स्थानीय सरकारका नेताहरु र स्थानीय पार्टीका नेताहरुले सार्वजनिक विद्यालयमा नै विद्यार्थी पढाउनुपर्ने र निजी क्षेत्रमा नजाने, विदेश नपठाउने भन्ने निर्णय भएको छ । म सबैभन्दा ठूलो नेता पार्टीको, माओवादीको अध्यक्ष । मेरा कुनैपनि छोराछोरी विदेश पढ्न गएका छैनन् । पार्टी केन्द्रमा अब सबै नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक स्कुलमा पढाउने, विदेश नपठाउने भन्ने छलफल भएर निर्णयतिर गइरहेका छौँ ।’

अध्यक्ष दाहालले अबदेखि पार्टीका सबै नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने र विदेश पढ्न नपठाउने निर्णयतिर आफूहरु गइरहेको उहाँको भनाइ छ ।