२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटेरिनरी सेवालाई आवश्यक सूचिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले भेटेरिनरी सेवालाई आवश्यक सूचिमा राख्न आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । 
 
नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष निवेदक डा शितलकाजी श्रेष्ठले दर्ता गरेको रिट उपर न्यायधिशद्दय सपना प्रधान मल्ल र हरि प्रसाद फुयालको संयुक्त इजलाश मार्फत विहिवार उक्त आदेश जारी भएको हो । 

विपक्षीहरुलाई समेत बोलाई भएको छलफल पश्चात पशुहरुले रोग र पिडाबाट पाउनु पर्ने मुक्तिको सुनिश्चितता पनि बन्दाबन्दीको अवस्थामा गर्न नसकिएको र पौष्टिक भोजन तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि पशुपालन व्यवसायलाई हेर्नु पर्ने कानूनी दायित्वमा पनि पालना हुन नसक्ने अवस्था बन्दाबन्दीको बेला सृजना भएकोले उक्त आदेश जारी गर्नु पर्ने खुलाइएको छ । 

निवदकको तर्फबाट विद्धान अधिवक्ताहरु श्री मुकुन्द अधिकारी, रवि नारायण खनाल , टिकाराम भट्टराई, अमर राउत, महेश्वर श्रेष्ठ, सन्तोष भण्डारी, कमल कोइराला र लक्ष्मी नानी थापाले प्रस्तुत रिटमा बहश गरेका थिए ।