२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक आह्वान



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

पार्टीभित्र विवाद चर्किएका बेला एकीकृत समाजवादीले तीनै तहका बैठक बोलाएको हो ।

एकीकृत समाजवादीले आगामी भदौ ४ गते स्थायी कमिटी बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा बस्ने छ ।

यसैगरी भदौ ५ गते पोलिटब्यूरो बैठक पनि पार्टी कार्यालयमै आह्वान गरिएको छ ।

यता भदौ ७ र ८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठक भने सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा बस्ने भएको हो ।