२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने, कारागारको पूर्ण सुरक्षा गरिने



अ+ अ-

काठमाडौँं। गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म रूपमा हेरिरहेको र परिस्थितिलाई सहज बनाउन काम भइरहेको जनाएको छ ।

शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि आज गृहमन्त्री रमेश लेखकले गृहसचिबसहित तीन वटै सुरक्षा निकायका प्रमुखसहित घटनाको समग्र अवस्थाबारे जानकारी लिने क्रममा यस्तो जनाकारी दिइएको हो । साथै परिस्थिति सहज बनाउने विषयमा बैठकमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।

छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ  ल्याउने तयारी गरिएको र त्यसका लागि मन्त्रालयले सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी गराउनुभयो ।

“कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्”, प्रवक्ता काफ्लेले भन्नुभयो,“झडपमा परी घाइते भएका अन्य घाइतेको उपचारको प्रबन्ध मिलाइएको छ ।”

बैठकमा कारागारको आन्तरिक सुरक्षालगायत  विषयमा छलफल भएको थियो ।




भर्खरै