२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परदेशीको डलर चल्छ यहाँ, पसिना, रगत र आँसुको कुनै मान्यता छैन ! – बुद्धिसागर बस्याल



अ+ अ-

मेरा परदेशी साथीलाई  पत्र ।।

म तिम्रै सुभचिन्तक साथी,  मन अमिलो  पार्दै यो पत्र लेख्दैछु।

चीनबाट बिद्यार्थी आउँदा भक्तपुर जिल्लालाई तनाब भयो , भारत र नेपालीको साँधमा महिनौ बाटोमा  बसेर आमाको क्रियाकर्म  गरे धेरै नेपालीले।  अहिले   काठमाडौँमा  अस्पतालमा काम गर्ने  कर्मचारी ,प्रहरी र सेना   जो  रातदिन हाम्रा लागि लागि  काम गरिहेका  छन् ।  उनीहरुलाई घरमालिकले बस्न नदिने अवस्था छ  ।  नंया पाहुनाको त  कुरौ  छोडौ ।  सबै होटेल, रेस्टुरेन्ट बन्दछन् , तिमी  हामी जन्मेको घर टोल, प्रदेश, जिल्लामा सबै तगारो लागिएको छ, आफन्त ससुराली मावलीघर सबैतिर तिम्रो हाम्रो लागि बन्द छन् ।

तिमीलाई बिमानस्थल बाट  घरलाने मान्छेपनि  हुदैनन् यहा  ।    कसैले कसैलाई चिन्दैनन् यतिबेला।  चाउचाउ  र चिउरा खाएर कोरोना संग लड्न सकिदैन साथी तिम्रो बानी पनि बिग्रेसकेको छ  ।  यदि तिमी ठुलै मान्छेको आफन्त हो भने मात्रै  स्वदेशको सपना देखे  हुन्छ ,यति बेला नत्र जहाँ छौ आफ्नो ख्याल आफै गर्नु ।

तिम्रो दुख र तिम्रो भाबना म बुझ्छु साथी तर परदेशीको डलर चल्छ यहाँ पसिना, रगत र आँसुको कुनै मान्यता छैन।  एक त  यो संसार भरि नै  असामान्य अवस्थामा छ  यो भाइरस तर यहाँ अर्कै छ यतिबेला  ।  
 तिम्रा बा-आमा बाटो हेरेर बसेका होलान, छोराछोरी जन्म दिनको उपहार कुरेर बसेका होलान  यतिबेला   आमाबालाई   फोन  गरेर  सन्चै छु भन्दिनु , छोराछोरी अनि प्यारीलाई म छिट्टै आउछु ल भन्दिनु।  मन् रोएपनि अनुहार  र बोलीमा सन्चै भनेको आभास दिनु त्यसैमा परिवारको जय हुन्छ साथी । अहिले आफ्नो व्यथा आँफै भित्र राख,  बाँचियो  फेरी भेटौला, गाउँलाअनी  नाचौंला ।  

सानोमा तिमीलाई सन्चो नहुँदा  हजुरआमाले  खुवाउने गरेको  हलेदो र तातो पानी खाईरहनु।  सके सम्म घर भित्रै बस्नु ।बिहान साँझ भगवानकै लागि भएपनि  प्रार्थना गर्नु , हजुरबाले सिकाएको ध्यान गर्नु त्यसैले   तिमीलाई राम्रो हुन्छ  किनकि हाम्रा पुर्खाले कहिल्लै पनि  धर्म र  सत्  छोडेका छैनन् मन् बलियो बनाऊ ।। मेरो मन् अमिलो पार्दै यो पत्र लेख्दै छु।। म तिम्रै सुभचिन्तक साथी । 

                 परदेशीको उहि कथा  
                 बाँचे आकाशमा ।
                 मरे बाकशमा ।।