२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही-३ मा उम्मेदवार हुन इच्छुक ९ जनासँग सामूहिक छलफल गर्दै रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्न निवेदन दिएका ९ जनासँग छलफल गर्ने भएको छ ।

रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो । उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा।लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए।

पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार हुन आकांक्षा राखेका ९ जनासँग सामूहिक छलफल गर्न लागेका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालय चस्मतिमा दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म छलफल हुने आचार्यले बताए । छलफलको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन् ।

रुपन्देही–३ मा अगामी कात्तिक–१७ गते प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ ।