२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई भेट्न रूपन्देही कारागार पुग्यो मानव अधिकार आयोगको टोली



फाईल फोटो
अ+ अ-

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको कारागार र त्यहाँको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार पुगेका छन् ।

सोमबार आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली भैरहवास्थित कारागारको अनुगमनमा पुगेका हुन् ।

अनुगमनमा आयोगकी आयुक्त थापालाई मात्रै रवि बसेको कोठामा जान अनुमति खिईएको छ । टोलीमा रहेका अन्य सदस्य र पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएका छन् ।

कारागारको ब्लक नम्बर ४ मा रहेका लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली अनुगमनको लागि कारागार पुगेको हो ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी भैरहवा कारागारमा छन् ।