काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालकाे राजनीतिक मानचित्र समेटिएकाे नक्सा अपराह्न २.१५ बजे सार्वजनिक गर्ने भएकाे छ । जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा स्वीकृत गरेसँगै मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गर्न लागेकाे भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको सचिवालयले जनाएको छ ।
मन्त्रालयले नेपालको नयाँ नक्सा नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गरी सार्वजनिक गर्न लागेकाे हाे । साथै नक्साको इलेक्ट्राेनिक कपी सबै सञ्चारमाध्यमलाई इमेल मार्फत उपलब्ध गराइने जानकारी पनि मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयमा मंगलबार भएको छलफलमा बुधबार नक्सा सार्वजनिक गर्ने निर्क्याैल गरिएकाे थियाे ।
मन्त्रीपरिषद्ले निर्णय गरेसँगै समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा आएका नक्सा त्रुटिपूर्ण रहेको मन्त्री पद्मा आर्यालले बताउनु भएकाे छ । उहाँले समाजिक सञ्जालमार्फत त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह पनि गर्नु भएकाे छ ।












