२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बस्‍ने लमजुङका ३ वर्षीय बालकमा कोरोना संक्रमण



अ+ अ-

लमजुङ — लमजुङका ३ वर्षीय एक बालकमा कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखिएको छ । उनी हाल काठमाडौं बस्दै आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमणले पारेको प्रभाव र संक्रमण भएका व्यक्तिबारे जानकारी दिने क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट पहिलोपटक लमजुङका १ जनामा संक्रमण देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि तीव्र खोजी भएको थियो । कोरोना संक्रमण हुन सक्ने आशंकमा शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गर्दा ती ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको जानकारी आएको उनले बताए । परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी नआएको उनले बताए ।

प्रजिअ खड्काले लमजुङका ती बालक हाल काठमाडौं महानगरपालिका वडा नं. १६, वनस्थली बस्दै आएको बताए । बालकको परिवार कहिलेदेखि काठमाडौं बस्दै आएको भन्ने नखुले पनि पछिल्लो समय लमजुङ नआएको बुझिएको बताए । कान्तिपुर दैनिक