२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघ्यो



अ+ अ-

विश्वभरमा कोरोना भाइरसका ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८८९ पुगेको छ ।

मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५३३ जना छ । बेलातयतमा ३५ हजार ३४४, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२, स्पेनमा २७ हजार ७७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् ।

२६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको छ ।

नेपालमा हालसम्म ४०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसमध्ये दुई जनाको मृत्यु भइसकेको छ । ४७५ जना आइसोलेशनमा छन् ।