९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यकः सभापति थापा



अ+ अ-

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले त्यसका लागि तीन आधारस्तम्भहरुः राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन आवश्यक रहेको बताउनु भयो । यसलाई आधार बनाएर प्राथमिकताको आधारमा पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्ने बताउनु भयो । नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवद्र्धन र शिक्षा अनिवार्य रहेको बताउनु भयो । व्यवसायिकता तथा कृषि शिक्षा अवसरमा विस्तार गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवद्र्धन र शिक्षा अनिवार्य छ । हाल ग्रामिण क्षेत्रमध्ये पाँच प्रतिशत भन्दा कमले मात्रै औपचारिक कृषि तालिम पाएका छन् । यद्यपि युवा बेरोजगारी दर १९ प्रतिशत भन्दा माथि छ । यसले गर्दा हामीले केही कार्यहरुमा थप प्राथमिकता दिनुपर्नेछ । व्यवसायिकता तथा कृषि शिक्षा अवसरमा विस्तार गर्नुपर्छ ।’

‘कृषि पाठ्यक्रममा जलवायु सहनशिलता र उद्यमशिलता सम्बन्धी विषय समावेश, सफल नवप्रवर्तनको विस्तार जस्तैः सय भन्दा बढी सामुदायिक बीउ बैंकहरु । जसले स्वदेशी जाति संरक्षण गरेका छन् । सौर्य सिंचाई प्रणाली छ, जसले परीक्षण क्षेत्रमा उत्पादन क्षमता २० प्रतिशतसम्म बढाएको छ । यस्त नविनतम कार्यको लागि थप सहयोग गर्नुपर्ने देखिन्छ । नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक तीन आधारस्तम्भहरु राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन् । यसलाई आधार बनाएर हामीले प्राथमिकताको आधारमा हाम्रो पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्दछ ।’

सभापति थापाले नेपालको संसदले समावेशी र किसानमैत्री कानून निर्माणमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । कृषिलाई पोषण र सार्वजनिक स्वास्थ्यसँग जोड्न आवश्यक रहेको बताउनु भयो । अहिले पनि नेपालमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको बताउनु भयो ।