२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाका वरिष्ठ नेता झाको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाको राजीनामा स्वीकृत भएको छ ।

गत असार ४ गते राजीनामा दिएका झाको राजीनामा स्वीकृत भएको हो ।

लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए । पार्टीभित्रको कार्यशैली चित्त नबुझेपछि आफूले राजीनामा दिएको वरिष्ठ नेता झाले बताए ।

खानेपानीमन्त्री समेत भएका झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।