२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारका क्रममा कैदीको मृत्युभएपछि आफन्तको प्रदर्शन



अ+ अ-

काठमाडौं । पर्सामा उपचारका क्रममा कैदीको मृत्युभएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् ।

कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका वीरगन्ज महानगरपालिका-२५ घर भएका २८ वर्षीय कैदी राहुल साहको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि टायर बालेर प्रदर्शन गसररहेका छन् । उनीहरुसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए ।

मंगलबार बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका साहलाई उपचारका लागि अस्पताल पु्रयाईएको थियो । पछि उनको अस्पतालमा मृत्यु भएको एसपी मिश्रले बताए ।

साहको मृत्यु भएपछि आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै अस्पतालबाहिर आन्दोलन गरेका हुन् । घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको माग छ ।