२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बस्नेको प्रश्नः विद्यालय शिक्षा विधेयका ढिलाई हुनुको मुख्य जिम्मेवार को हो ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विद्यालय शिक्षा विधेयक पास गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले शिक्षा विधेयक ढिलाई हुनुको कारणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले शिक्षक महासंघसँग सरकारले गरेको प्रतिवद्धताअनुसार विधेयक पास नहुनु सरकारकै कमजोरी भएको आरोप समेत लगाउनु भयो । उहाँले खोक्रा कुरा गरेर सरकारको औचित्य पुष्टि नहुने उहाँको टिप्पणी छ । उहाँले सरकारले आफ्नो औचित्य पुष्टि गर्नको लागि सुशासनको प्रत्याभुतिदेखि जनता र राष्ट्रको हित हुने काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षक महासंंघर्ला हामीले असार १५ गतेभित्र शिक्षा विधेयक पास गर्ने भनेका थियौं । अहिले शिक्षा विधेयक कहाँ छ ? यसमा ढिलाई हुनुमा को जिम्मेवार हो ? जसको जवाफ दिन जरुरी छ । खोक्रा कुरा गरेर सरकारको औचित्य सावित हुदैन । यसरी सरकारको रक्षा कवच समेत बन्न सकिदैन । यस विषयमा सरकार गम्भीर बनोस् । ’

उहाँले सरकारको गैरजिम्मेवार व्यवहारका कारण कैलालीमा कैदिबन्दीबीच झडप भएको उल्लेख गर्दै कारागार सुधार कार्यविधि बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।