२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै हेलम्बुका युवा



अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् ।

पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुआत गर्नुभएको थियो । उहाँले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउनुहुन्छ ।

उक्त अनुदान पाएसँगै हेलम्बु–५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायिक डल्ले खुर्सानीखेती विस्तार गरेको व्यवसायी वीरजित बताउनुहुन्छ । वीरजितले मात्रै तीन हजार खुर्सानीका बोट लगाउनुभएको छ । खुर्सानीबाट गत साल रु पाँच लाखभन्दा माथि आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।

“गत वर्ष असिनाले गर्दा अलि कम भयो यस वर्ष त्योभन्दा बढी आम्दानी हुन्छ”, वीरजित बताउनुहुन्छ । उहाँका अनुसार हेलम्बु–५ का विभिन्न टोलमा गरी त्यहाँका युवा किसानले १५ हजारभन्दा माथि खुर्सानीका बोट हुर्काएका छन् । सोही गाउँको खर्पुजे, प्रम्ची डाँडालगायत स्थानमा लगाइएको व्यावसायिक डल्ले खुर्सानीखेतीबाट यस वर्ष ५० लाखभन्दा माथि आम्दानी हुने अपेक्षा गरेको अर्का व्यवसायी वीरमान तामाङ बताउनुहुन्छ ।

उहाँजस्तै पारित, सन्ज्या र बुद्धि तामाङलगायत युवाहरुले यो व्यवसाय गरेका छन् । डल्ले खुर्सानी औषधिजन्य भएको हुनाले स्थानीयस्तरमै बिक्री हुने र बढी भएको मात्र काठमाडौँसम्म लैजाने गरेको व्यवसायी वीरमान बताउनुहुन्छ ।

गाउँपालिकाको कृषि शाखाद्वारा ५० प्रतिशत अनुदानमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत उक्त वडामा आधुनिक खेती गर्न प्रयोग गरिने मल्चिङ प्लाष्टिक पाएसँगै त्यहाँका युवा किसान डल्ले खुर्सानीखेतीमा आकर्षित हुँदै आएका कृषि शाखाका प्रमुख भूपेन्द्र वली बताउनुहुन्छ । गाउँपालिकाको कृषि शाखाले डल्ले खुर्सानी व्यवसाय गर्ने किसानलाई मल्चिङ प्लाष्टिक र प्राविधिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

नुवाकोट र सिन्धुपाल्चोकको सिमाना पर्ने गोल्फु भञ्ज्याङ नजिक रहेको हेलम्बुको ‘भारती डिप्लोमा’ गाउँ समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको छ । गाउँभन्दा माथि दुई हजार ४०० मिटर उचाइ रहेको लेकमा लटरम्म स्याउ फलेको देख्न सकिन्छ भने तल गाउँमा पाखोबारीमा किसानले लगाएको डल्ले खुर्सानीको हराभरा देख्न सकिन्छ । रासस