१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार जग्गा प्रकरणमा गगन पुरीसहित ९ जनालाई कैद र जरिवाना



अ+ अ-

काठमाडौं। झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित ९ जना दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरूलाई कैद सजायसहित जरिवाना गर्ने आदेश दिएको हो।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सात जना मालपोत तथा नापी कार्यालयका कर्मचारी र दुई जना जग्गाधनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ज) बमोजिम मूल प्रतिवादी सरह सजाय हुने निर्णय सुनाएको हो।

निर्णयअनुसार, पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै एक वर्ष कैद र २० लाख ८३ हजार ६७१ रुपैयाँ जरिवाना गरिएको छ। अन्य दोषी कर्मचारीहरूलाई तीन महिना, छ महिना र एक वर्षको कैद सजाय तोकिएको छ। उनीहरूलाई १८ हजार ३४४ रुपैयाँदेखि १८ लाख ७४ हजार ३९८ रुपैयाँसम्म जरिवाना पनि लगाइएको छ।

फैसलाअनुसार, तीन जनालाई एक वर्ष, दुई जनालाई ६ महिना र बाँकी तीन जनालाई तीन महिनाको जेल सजाय हुने भएको छ।