काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृष्णका आदर्शबाट प्रेरणा लिएर समृद्ध, न्यायपूर्ण र सुरस्कृत समाज निर्माणमा योगदान पुर्याउन आह्वान गर्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले कृष्णको शिक्षाले आज पनि समाजमा अनुशासन, नैतिकता र जनकल्याणको मार्ग देखाउने बताउनुभएको हो ।
उहाँले गीता–उपदेशक, धर्म, सत्य र न्यायका प्रवक्ता भगवान श्रीकृष्णको जन्मजयन्तीको पावन अवसरमा देश–विदेशमा रहेका सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।












