२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले लक्षित शेखरको कटाक्षः ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’



अ+ अ-

काठमाडौं: नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले भूमि सम्बन्धी आएको विधेयकमा काँग्रेस सांसदहरुले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाउनु भयो । खालि जग्गामा एमालेको आँखा गइहाल्ने उहाँको कटाक्ष छ । गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पती, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको बताउनु भयो । सांसदले नै विचौलियाको काम गरेपछि देश कता पुग्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले भूमि सम्बन्धी विधेयक छ । एमाले त जहाँ खालि जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । जहाँ पनि तपाईं हेर्नुस् । यो गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पतीमा एमालेका आँखाहरु हेर्नुस् । लिचीबारी पोखराको हेर्नुस्, गिरीबन्धु टिस्टेट हेर्नुस् । जताततै एमालेको मात्रै सुनिन्छ । संघीय मामिलामन्त्रीले त राजीनामा दिनुभयो । तर भूमि सुधारमन्त्री अहिले पनि जबरजस्ती बसिरहनुभएको छ । जबकी कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमि सुधारमन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ । विचौलिया एक जना हुनुहुँदो रहेछ । रेशम चौधरीजीको पार्टीको । सांसद पनि विचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ? ’

सांसद कोईरालाले सरकार निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाउनु भयो । —न्युज एजेन्सी नेपाल