२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडका गोलकिपरको गल्ती, पहिलो खेलमै पराजित, चेल्सी बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । इङलिस प्रिमियर लिगको पहिलो खेलमै लिगको महारथ टोली म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । खासगरी आर्सनलका डेक्लान राइसको कर्नरलाइ युनाइटेडका गोलकिपरले सही ढंगले क्लियर गर्न नसक्दा आर्सनलका डिफेन्डर रिकार्डो कालाफियोरीले १३ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

आइतबार राती भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै सुरुवाती ३ अंक जोडेको हो । युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि निरन्तर दबाब राखे पनि गोल गर्न सकेन ।

लिगकै अर्को खेलमा चेल्सी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । यस्तै नटिङहम फरेस्टले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ ।