२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिल झाको टिप्पणीः मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध



अ+ अ-

काठमाडौँ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने मधेसवादी राजनीतिक दलहरुका कारण नै मधेसले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको बताउनुभएको छ ।

उहाँले मधेसवादी राजनीतिक दलहरुका मुद्दा खरो रुपमा बोक्ने राजनीतिक दलहरु कम रहेको बताउनुभएको हो । मधेसमा जय मधेस भन्ने र काठमाडौंमा सङ्घीय अभिवादन भन्ने राजनीतिक दलका नेताहरु भएकाले मधेस अधिकारहरुबाट संकुचित हुनु परेको उहाँको भनाइ छ । काठमाडौंमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेसमा गएर मधेसलाई सखाप पारे भन्ने राजनीतिक दलका नेताहरुको दोहोरो चरित्र मधेसका जनताले बुझ्नुपर्ने बताउनु भयो । त्यसका लागि आफू आगामी निर्वाचनमा परीक्षण हुन तयार रहेको उहाँको भनाइ छ । आफूहरु अन्त्यतः ब्यालेटको राजनीतिमै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेस र मधेसवादीका निम्ति तपाईंको स्टुडियोदेखि सिंहदरबारसम्म सिंहदरबारदेखि बानेश्वरको सांसद भवनसम्म, सांसद भवनदेखि विदेशी समुदायसम्म, विदेशी समुदायदेखि बालुवाटार प्रधानमन्त्रीको अगाडि आँखामा आँखा जुधाएर बोल्दासम्म र त्यहाँदेखि जनतासम्म एउटै कुरा बोल्ने । यहाँ कस्ता पार्टी पनि छन् कि मधेसमा जय मधेस पनि बोल्छन् काठमाडौंमा सङ्घीय अभिवादन भन्छन् । प्रधानमन्त्रीसँग के भन्छ गएर उनको खुट्टा पुज्छन् अनि मधेसमा गएर के भन्छ आँप झा¥यो केपी ओलीले भन्छन् । त्यस्तो डबल स्ट्यान्डर, ट्रिपल स्ट्यान्डर पार्टीहरु तपार्इं देख्न सक्नुहुन्छ । तपाईं जुन भन्नुहुन्छ टेस्टेडको कुरा मलाई लाग्दैन कि टेस्टेड हुनु कुनै खराब कुरा पनि होइन तर फेरि पनि टेस्ट दिन म तयार छु । फेरि टेस्ट होला । टेस्ट त प्रत्येक पाँच पाँच वर्षमा हुन्छ नि नेताको । फेरि अर्को चुनावमा होला । त्यो टेस्ट त फेरि पनि देखिन्छ । हामी कुनै अण्डरग्राउण्ड हुने पार्टी होइन । हामी त फाइनल्लि ब्यालेटको राजनितिमै जाने हो । त्यो चिजमा फेरि पनि २ वर्ष त बाँकी छ नि । यदि २ वर्षपछिको असोजमा नर्मल टइममा इलेक्सन भयो भने । म्याक्सिमम त्यही टाइम हो । टेस्ट दिन फेरि पनि तयार छाँै । नेताले त प्रत्येक पाँच पाँच वर्षमा टेस्ट दिनुपर्छ । विद्यार्थीले प्रत्येक वर्षमा टेस्ट दिन पाउँछ । नेताले पाँच पाँच वर्षमा ।’ 

निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेकाले यस बीचमा सद्भावना पार्टीलाई जनस्तरस्म्म पु¥याउने बताउनु भयो ।