२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपका लागि पाकिस्तान क्रिकेट टोलीको घोषणा, बाबर आजम–रिजवान टोलीमा परेनन्



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एसिया कप २०२५ र त्यसअघि खेलिने युएई त्रिकोणीय शृङ्खलाका लागि १७ सदस्यीय टी–२० टोलीको घोषणा गरेको छ । बाबर आजम र मोहम्मद रिजवानलाई टोलीमा समावेश गरिएको छैन ।

टोलीको कप्तानी अलराउन्डर सलमान अली आगालाई सुम्पिएको छ । एसिया कप सेप्टेम्बर ९ देखि २८ सम्म युएईमा खेलिनेछ । यसअघि आयोजना हुने त्रिकोणीय शृङ्खलामा पाकिस्तान, अफगानिस्तान र युएईले भाग लिनेछन् ।

बाबर आजमले अन्तिम पटक डिसेम्बर २०२४ मा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । यसपछि, उनले पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ मा केही राम्रा इनिङ्स खेले, जसमा ५६ अविजित, ५३ अविजित र ९४ रनको इनिङ्स समावेश थियो ।

वेस्ट इन्डिज विरुद्धको हालैको एकदिवसीय शृङ्खलामा उनको स्कोर ४७, ० र ९ थियो । अर्कोतर्फ, रिजवानलाई हालैको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला (घरेलु मैदानमा बंगलादेश विरुद्ध र वेस्ट इन्डिजमा) मा पनि समावेश गरिएको थिएन । वेस्ट इन्डिज विरुद्धको एकदिवसीय शृङ्खलामा उनले पहिलो खेलमा ५३ रन बनाएका थिए, तर त्यसपछिका दुई खेलमा १६ र ० मात्र बनाउन सके ।

यसैबीच, फखर जमान फिट भएर फर्किएका छन् । वेस्ट इन्डिज भ्रमणको क्रममा उनको ह्यामस्ट्रिङमा चोट लागेको थियो, तर अब उनलाई एसिया कप र त्रिकोणीय शृङ्खला दुवैको लागि टोलीमा समावेश गरिएको छ ।

भारत, पाकिस्तान, ओमान र युएई एउटै समूहमा परेका छन् । समूह बी मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ छन् । समूहका सबै टोलीले एकअर्का विरुद्ध १–१ खेल खेल्नेछन् ।