२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलमा जुवा साइटको विज्ञापन: दुई वटा एजेन्सीलाई जरीवाना र कारोवार रोक्काः CAN लाई सचेत



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (NPL) का खेलमा जुवा खेलाउने साइटका विज्ञापन देखिएपछि विज्ञापन बोर्डले कठोर निर्णय गरेको छ ।

नेपाल क्रिकेट संघ (CAN) ले गत २०८१ मङ्सिर १५ देखि पुस ६ गतेसम्म ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया कम्पनीमार्फत स्टार स्पोर्टस च्यानलमा खेलहरू प्रसारण गर्दा 1XBAT, Wolf-777, Dafa News जस्ता जुवा साइटका विज्ञापन टि–सर्ट, मैदान र खेलभित्र प्रयोग भएको उजुरीपछि छानबिन गरी कारबाही गरिएको बोर्डद्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बोर्डको २०८२ साउन २१ र २९ गतेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को आधारमा निर्णय गर्दै CAN लाई भविष्यमा यस्ता विज्ञापन नगर्न चेतावनी दिएको छ । बोर्डले पटक–पटक पठाएको पत्रको चित्तबुझ्दो जवाफ नपठाएको भन्दै CAN लाई विज्ञापन नियमन ऐन, २०७६ अनुसार सचेत गराउँदै आवश्यक परे विज्ञापन गर्न–गराउनै रोक्का गर्ने चेतावनी दिएको छ ।

त्यस्तै, ब्राण्ड डिजिटल लजिक प्रा.लि. (ललितपुर) र टि.सि.एम. स्पोर्टस एण्ड मार्केटिङ प्रा.लि. (टंगाल, काठमाडौं) लाई बोर्डमा सूचीकृत नभई अवैध रूपमा विज्ञापन कारोबार गरेको र जुवा–सम्बन्धी विज्ञापन प्रसारण गरेको ठहर गर्दै १०–१० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै, यी दुवै एजेन्सीलाई ३ महिनासम्म कुनै पनि विज्ञापन कारोबारमा प्रतिबन्ध लगाइएको छ ।

विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता देवी पाण्डे (खत्री) ले सबै विज्ञापनदाता र सञ्चारमाध्यमलाई २०८२ कार्तिक २० गतेसम्म उक्त दुई कम्पनीसँग कुनै कारोबार नगर्न आग्रह गरेकी छन् ।

बोर्डले जुवालाई प्रर्वधन गर्ने कार्य गरेको भन्दै नेपाल क्रिकेट संघ क्यानमाथी थप कारवाहिको लागि युवा खेलकुद मन्त्रालयमा पत्राचार समेत गरेको छ । साथै जुवा खेल्ने खेलाउने कार्य गरेको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्दे बोर्डले पत्राचार गरेको स्रोतले जानकारी दिएको छ । क्यानले नेपालमा डाउनलिंक अनुमतिनै नभएको स्टार स्पोर्टस् संग गरेको सम्झौताका विरुद्दमा सूचना तथा प्रसारण विभागलाई पत्राचार गरेकोमा कुनै कारवाहि नगरेको भन्दै अव आईन्दा त्यस्ता कार्य गर्न नदिनको लागि सूचना तथा प्रसारण विभागलाई समेत अनुरोध गरेको छ ।

विज्ञापन बोर्डले विज्ञापन एजेन्सीमाथी १० हजार जरीवाना र तीन महिना सम्मको कारवाहि रोक्का राख्ने निर्णय गरेको यो दोस्रो पटक हो । २०८० साल माघ महिनामा कोकिल मिडिया प्रा.ली. अनामनगरले अत्यधिक मुनाफा राखि विज्ञापन गरेको भन्दै उक्त एजेन्सीलाई १० हजार रुपैया जरीवाना र तीन महिना कारोवार रोक्का राख्‍ने निर्णय गरेको थियो । स्वास्थ शिक्षा सूचना तथा सञ्‍चार केन्द्र टेकुसंग प्रति स्पट १०६ रुपैया ६१ पैशामा सम्झौता गरी ११ रुपैया ११ पैशामा रेडियोमा प्रसारण आदेश पठाई प्रति स्पट ९८ रुपैया ५० पैशा मुनाफा लिएको भन्दै बोर्डले कारवाहि गरेको थियो ।

नेपाल क्रिकेट संघ क्यानमाथी भएको कारवाहिको सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले कारवाहि नियमित प्रक्रिया भएको भन्दै कानून विपरितका कार्य नगर्न अनुरोध गर्नु भयो । उहाँले विज्ञापन बजारमा देखिएका विक्रितलाई हटाउन बोर्ड प्रयासरत रहेको जानकारी दिनु भयो ।




भर्खरै