काठमाडौँ । सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दैछ ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको हो ।
सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन हस्ताक्षर अभियान चलाइरहेका छन् । बैठकमा सोहिबारे छलफल हुने बुझिएको छ ।
बैठकको लागि कांग्रेस, एमाले, जनमत, जसपा र लोसपाका नेताहरूलाई बोलाइएको छ । बैठकमा सहभागी हुन नेताहरू पुग्ने क्रम जारी रहेको छ ।
बैठकमा सहभागी हुन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पनि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगिसकेकी छन् । नाउपाले यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।












