२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दैछ ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको हो ।

सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन हस्ताक्षर अभियान चलाइरहेका छन् । बैठकमा सोहिबारे छलफल हुने बुझिएको छ ।

बैठकको लागि कांग्रेस, एमाले, जनमत, जसपा र लोसपाका नेताहरूलाई बोलाइएको छ । बैठकमा सहभागी हुन नेताहरू पुग्ने क्रम जारी रहेको छ ।

बैठकमा सहभागी हुन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पनि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगिसकेकी छन् ।  नाउपाले यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।