२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागु औषध ट्रामाडोल १७,४०० क्याप्सुल सहित ७ जना पक्राउ



अ+ अ-

चितवन। भरतपुर महानगरपालिका–९, पारस बसपार्कस्थित न्युधौलागिरी भोजान घर एण्ड लजबाट चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै सात जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, विशेष सूचनाका आधारमा कोठा नम्बर १०६ को चेकजाँच गर्दा Tramal-50 लेखिएको १७ हजार ४ सय क्याप्सुल फेला परेको हो। यी क्याप्सुल प्रतिबन्धित लागुऔषधमा पर्ने भएकाले बरामद गरी थप अनुसन्धान अघि बढाइएको छ।

बरामद औषधि लागुऔषधसम्बन्धी कसुरमा पर्छ। प्रहरीले थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ।

पक्राउ पर्नेहरूः जिल्ला चितवन माडी नगरपालिका–१० का २४ वर्षीय अनिष श्रेष्ठ, जिल्ला चितवन कालिका नगरपालिका–५ की २१ वर्षीया शान्ति गुरुङ, जिल्ला पर्सा ठोरी गाउँपालिका–२ का २१ वर्षीय विनायक तामाङ, जिल्ला पर्सा ठोरी गाउँपालिका–२ भन्ज्याङका २५ वर्षीय सूर्य लामा, जिल्ला पर्सा ठोरी गाउँपालिका–२ की २८ वर्षीया प्रतिमा लामा, जिल्ला पर्सा ठोरी गाउँपालिका–२ का २४ वर्षीय प्रतिप न्यौपाने , भारत बिहार राज्य पश्चिम चम्पारण चम्पाटिया आर एस मछलीहाट रोड वडा नं.७ का २४ वर्षीय अर्जुन कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।




भर्खरै