२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ७९ पुग्यो



अ+ अ-

एजेन्सी । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा मंगलवार राति भएको सडक दुर्घटनामा महिला र बालबालिकासहित ७९ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले जानकारी दिनुभएको छ । पीडितमध्ये १९ जना बालबालिका रहेको अधिकारीले बताए ।

यसअघि हेरात शहरका स्थानीय अधिकारीहरूले मृतकको संख्या ६४ पुगेको र तीन जना घाइते भएको बताएका थिए । इरानबाट फर्किएका अफगानी नागरिक बोकेको यात्रुवाहक बस मंगलवार राति छिमेकी इरानलाई अफगानिस्तानको हेरात शहरसँग जोड्ने सडकमा मोटरसाइकल र मिनी ट्रकसँग ठोक्किएपछि रक्तपातपूर्ण सडक दुर्घटना भएको हो ।

दुर्घटनाको लागि लापरवाह ड्राइभिङलाई दोष दिँदै स्थानीय अधिकारीहरूले घातक दुर्घटनामा बसमा आगलागी भएकोले अधिकांश मृतकको शव पहिचान गर्न सकिएको छैन ।