२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भएपनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

उहाँले माथिल्लो सदन राष्ट्रिय सभामा बुहमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँछौं भन्न सरकारले नपाउने बताउनु भयो । उहाँले संविधान संशोधनको लागि साझा मुद्दाहरुमा सहमति बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गर्दैं सदनमार्फत नै संयन्त्र बनाउन सरकारसँग आग्रह गर्नुभयो । सरकारले जनतासँग गरेको वाचा अनदेखा गरेको भन्दै त्यस्तो गर्न पाउने अधिकार सरकारसँग नभएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘सात वटा सहमति यो सरकारको मुख्य आधार हो । त्यसका पहिलो बुँदामा हामीले राजनीतिक स्थायीतवका निम्ति संविधान संशोधन गर्छौं भनेका छौं । हामीले सिन्का पनि भाँचेका छैनौं । अहिले हामी राष्ट्रिय सभामा निर्वाचन गरेर बहुमत आएपछि गर्छौं भनिरहेका छौं । त्यस्तो भन्न पाउँछौं ? हामीसँग त्यो अधिकार नै छैन । हामीसँग संविधान संशोधन गर्नको लागि संख्या पुग्दैन । पछि समझदारी बन्न नसक्ला त्यो त्यतिबेलाको कुरा हो । तर योतर्फ हामीले कदम अगाडि बढाउनु पर्दैन ? हामीले नबढाउँदै गर्दाखेरी अहिले हामीलाई गिज्याउने अवस्था बनेको छैन ? तिमीले के गर्यौ भनेर हामीले गाली राइराख्नुपरेको छ । हामीले जिम्मा लिएको कुरा हामीले गर्नुपर्दैन ? अब संविधान संशोधनको लागि प्रतिपक्षी दललाई समेत जोडेर अगाडि बढौं । हामी यो वाचा गरेर आएका छौं यो हामीले गर्नैपर्छ । लोकतन्त्रमा जनतासँग गरेका वाचालाई हामीले अनदेखा गर्न पाउँदैनौं ।’

दुई प्रमुख दलहरुको समिकरणमा बनको सरकारले समेत अपेक्षाकृत नतिजा दिन नसकेको भन्दै उहाँले सुधारको आवश्यकता औंल्याउनु भयो ।