२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता: भ्याली भ्युलाई सफलता



अ+ अ-

काठमाडौं । भ्याली भ्युले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सफलता हात पारेको छ ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भ्याली भ्युले ब्राइट भिजनलाई ४९–४७ ले पराजित गर्यो । भ्याली भ्युका गणेश विष्टले सान्दार प्रदर्शन गर्दै ३३ अंक जोडे ।
सोही स्पर्धामा आनन्दकुटीले एभीएमलाई ३०–२९, पुष्पसदनले रेडियन्ट पब्लिकलाई ३६–३४ र पिपुल्स एकेडेमीले कश्यपलाई ३६–२८ ले हराए । आनन्दकुटीका स्वर्णम तामाङले ७, पुष्पसदनका सम्राट लामाले १३ र पिपुल्सका बचनले १२ स्कोर गरे ।
सिनियर गल्र्समा रिब्सले रेडियन्ट पब्लिकलाई २१–१० तथा स्वर्णिमले पुष्पसदनलाई २८–१२ ले पाखा लगाए । रिब्सकी सुप्रिया मल्लले १० तथा स्वर्णिमकी हिसी ल्हामुले ८ स्कोर गरे ।
न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा रिब्स, निसर्ग वाटिका, निर्मल ज्योति, मनास्लु, ग्यालेक्सी पब्लिक स्कुल, हार्टल्यान्ड एकेडेमी, ग्रिन भिलेज र ब्रम्हकुञ्जले क्वाटरफाइनल यात्रा तय गरे । ब्वाइज फुटसलकै यु–११ र यु–१३ मा पनि क्वाटरफाइनल समीकरण पूरा भएको छ ।