२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्ड्सकी डानिक आर्डेमा मधेश युनाइटेडमा अनुबन्ध



अ+ अ-

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी डानिक आर्डेमालाई अनुबन्ध गरेको छ ।

मधेशले आर्डेमालाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्सकी आउट साईड हिटर रोमी भिनस्ट्राको नाम घोषणा गरिसकेको छ । १७५ से.मी. अग्लो कदकी आर्डेमा एउटा अनुभवी सेटर हुन् जसले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन्।

आर्डेमाले आफ्नो करियरमा नेदरल्याण्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा खेलेर अनुभव समेटेकी छन्। पछिल्लो समय उनी नेदरल्याण्ड्सकै शीर्ष डिभिजनअन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। सन् २०२४ मा उनले नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न सफल पनि भइन्।

उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेश युनाईटेड टिम धेरै खुशी रहेको र आर्डेमाले टोलिको लागि शक्तिशाली आक्रमण गरेर विपक्षिलाई हम्यहम्य पार्न सक्ने र टोलीमा उनी मुख्य सेटरको रूपमा निर्धार्य भएर टोलीको रणनीति र गति दुवै नियन्त्रण गरेर खेल जिताउन सक्नेमा मा टोलि विश्वसत छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा र विशेषगरी मधेश युनाईटेडमा सामेल हुन पाउँदा आर्डेमाले आफु निकै हर्षित भएको बताएकी छन्। मधेश युनाईटेडलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुर्याउने उनको लक्ष्य रहेको छ । नेपालमा खेलेर भलिबल खेल संस्कृतिलाई अझ विस्तार गर्ने उन्को इक्ष्या पनि रहेको छ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुनेछ ।

मधेश युनाइटेड टिमः
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षकः कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह