२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ संसद् भवनको ‘डेमो’ प्रदर्शन



अ+ अ-
काठमाडौँ । नयाँ संसद् भवनको ‘कन्फ्रेन्सिङ सिस्टम’बारे आज परीक्षण गर्दै ‘डेमो’ प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद् भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ ।
विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसद्मा प्रयोग गरिएको शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिनुभयो ।
“नयाँ संसद् भवनमा प्रविधिका बारेमा आज उपप्रधानमनत्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ब्रिफिङ गरिएको छ । संसद् भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ रु परीक्षण पनि गरियो,” शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भन्नुभयो ।
प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रियसभामा ९४ वटा उपकरण हरेक टेबलमा जडान हुनेछन् । नयाँ संसद् भवनमा जडान हुने प्रविधि अहिलेको संसद् भवनको भन्दा आधुनिक हुनेछ । जसमा आफ्नो कुर्सीमा जडित उपकरणबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसद्मा प्रस्तुत विधेयकहरु र अन्य ‘डकुमेन्ट’ सिधै उपकरणमा हेर्न मिल्नेछ भने संसद्को क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ ।
संसद् भवनको निर्माण कार्यसँगै संसद्भित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिनुभएको छ । नयाँ प्रविधिले संसद्को कामकारबाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ । नयाँ संसद् भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहसहित सङ्घीय संसद्का महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबीच नयाँ प्रणालीले कसरी काम गर्छ भनेर परीक्षण गरेर देखाइएको थियो ।