२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ



अ+ अ-

एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको छ । उच्च प्रहरी अधिकारीका अनुसार, उहाँमाथि सन् २०२३ को सेप्टेम्बर महिनामा बेलायतको भ्रमणका सन्दर्भमा सोधपुछ गरिएको थियो, जुन भ्रमणका क्रममा उहाँले आफ्नी पत्नीको सम्मान समारोहमा सहभागी भएका थिए ।

प्रहरी अधिकारीले जानकारी दिँदै भन्नुभयो, “हामी उहाँलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गर्दैछौं । उहाँमाथि सरकारी स्रोतहरू व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरिनेछ ।”

पूर्वराष्ट्रपति विक्रमसिंघे सन् २०२३ को सेप्टेम्बर महिनामा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कंदै गर्दा बेलायतको यात्रामा रोकिएका थिए । उक्त क्रममा उहाँ र उहाँकी पत्नी मैत्रीले वुल्भरह्याम्प्टन विश्वविद्यालयमा आयोजित एक समारोहमा सहभागी भएका थिए ।

विक्रमसिंघेले उक्त यात्रा व्यक्तिगत भएको र पत्नीका सम्पूर्ण खर्चहरू निजी स्रोतबाट व्यहोरेको दाबी गर्दै आउनुभएको छ । तर प्रहरीको अपराध अनुसन्धान विभागले भने विक्रमसिंघेमाथि सो यात्राका लागि सरकारी खर्च प्रयोग गरिएको, साथै त्यस क्रममा सुरक्षाकर्मीहरूको तलब तथा खर्च पनि सरकारी ढुकुटीबाट व्यहोरेको आरोप लगाएको छ ।

विक्रमसिंघे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए । गोटाबायाको शासनकालमा व्यापक जनप्रदर्शन, भ्रष्टाचार र कुशासनको आरोप लागेको थियो ।

राष्ट्रपतिको कार्यकालमा विक्रमसिंघेले देशको अति गम्भीर आर्थिक संकटलाई केही हदसम्म सम्हाल्न सफल भएका थिए । तर, सन् २०२५ को सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतिको पुनःनिर्वाचनमा उहाँ पराजित हुनुभयो ।




भर्खरै