२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकप्रति समर्पित भई खटिइन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन



अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नागरिकप्रति समर्पित भई कार्य गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको आठौँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले सामूहिक भावनाका साथ त्रुटिरहित ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

विपद् उद्धारको कार्यमा बाहिनी तथा मातहत कार्यालयले पुर्याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सङ्गठनले गठन गरेको सामुदायिक स्वयंसेवक समूहको सक्रियताबाट विपद् उद्धारमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गर्नुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सीमा सुरक्षादेखि सामाजिक दायित्वलगायत क्षेत्रमा सशस्त्र प्रहरीले गरेको योगदान सरहानीय रहेको बताउनुभयो । चितवनको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नागरिकलाई अप्ठ््यारो परेको बेला सशस्त्र प्रहरीको भूमिका अतिमहत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा महानिरीक्षक अर्यालले वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्याउनुहुने विभिन्न सङ्घसंस्था तथा महानुभाव र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो । रासस