२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियरलाई प्लस टु बास्केटबल उपाधि



अ+ अ-

प्रिमियर आईबी कन्टिनम स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको फाइनलमा प्रिमियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ७९–७२ ले पराजित गर्यो । समूह चरणको खेलमा पनि प्रिमियरले सीसीआरसीलाई हराएको थियो । अपराजित रहँदै उपाधि जितेको प्रिमियरका लागि अश्विन चालिसे एक्लैले ३२ अंक जोडे ।

पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको प्रिमियर दोश्रोमा २०–२२ ले पछि पर्यो । प्रिमियरले तेश्रो क्वाटरमा २३–१० को अग्रता बनाउदै जितको आधार खडा गर्यो । चौथोमा सीसीआरसी २६–१७ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन ।

उपाधिसंगै प्रिमियरले २५ हजार तथा उपविजेता सीसीआरसीले १० हजार नगद पुरस्कार पाए । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना भएको प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता अश्विन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे । सीसीआरसीका आशालाल श्रेष्ठ उदीयमान खेलाडी चुनिए ।

विजेतालाई नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसन, अबाइडका प्रबन्ध निर्देशक मनीष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत आशिष श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भएको प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।

स्वेता सदन र जिनियस विजयी

स्वेता सदन र जिनियस वल्र्डले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा स्वेता सदनले सरस्वतीलाई ४२–३३ ले पराजित गर्यो । स्वेता सदनको जितमा सुमित श्रेष्ठले २५ अंक योगदान गरे । प्रत्युश मगरको १५ अंक सहयोगमा जिनियसले तेजस्वीलाई ५१–४५ ले हरायो ।

सिनियर ब्वाइजमै टीआईएले सेबलाई ४५–३५, किङडमले जेबी स्कुललाई ४१–३७ र लालीगुराँस नेसनल एकेडेमीले एचएचसीएलाई ३७–३३ ले पाखा लगाए । टीआईएका रोशन नगरकोटीले १८, किङडमका पेम्बा तामाङले १२ र लालीगुराँसका प्राण मल्लले १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा लालीगुराँसले हिमालयलाई १९–१० तथा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले ज्ञान संस्कारलाई २६–१८ ले पन्छाए । लालीगुराँसका लक्ष्मण बुढा तथा बीएनएका सुप्रिम बस्नेतले समान ८–८ अंक बटुले ।

सिनियर गल्र्समा टीआईएले बीएनएलाई १९–१४, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान संस्कारलाई २५–१८ र फेरिल्यान्डले क्यान्भास ऋतु बसन्तलाई १८–१० ले पराजित गरे । टीआईएकी शुभश्री सोनमले १४, इबीएकी अनामिका पटेलले १६ र फेरिल्यान्डकी करुणा बोगटीले ९ अंक जोडे ।