२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायग्रा फल्समा बद्री पंगेनी, एलिना चौहान लगायतको तीज विशेष कार्यक्रम हुँदै, प्रवेश निःशुल्क



अ+ अ-

काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित नायग्रा फल्समा यही आइतबार विभिन्न कलाकारहरुले प्रस्तुति दिने भएका छन् ।

गायक बद्री पंगेनी, प्रताप दास, एलिना चौहान र कला लम्सालका साथमा तीज विशेष कार्यक्रम हुन लागेको हो ।

‘फ्लाई नेपा ट्राभल्स’ को ‘अब गाउँछ अमेरिका’ कार्यक्रमअन्तर्गत अमेरिका पुगेका यी कलाकारहरुले नायग्रा फल्सको १ प्रस्पेक्ट स्ट्रिटमा हुने कार्यक्रममा दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

लुक्ला हिमालयन एण्ड इन्डियन किचेन र एसडिएसएसएसको संयुक्त आयोजनामा हुने यस कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजक लोकनाथ अधिकारीले जानकारी दिए ।

कार्यक्रम साँझ ५ः३० बजेदेखि ९ः३० बजेसम्म हुनेछ । अधिकारीले तीजलाई नाचगान र व्रतको दिनका रूपमा मात्र सीमित नगरी यसलाई संस्कृतिको संरक्षण र सामाजिक सद्भाव बढाउने माध्यम बनाउनुपर्ने बताए ।

कार्यक्रममा परम्परागत भाकाहरु, आधुनिक शैलीमा प्रस्तुत गरिएका तीज गीत, समूह नृत्य र सांगीतिक प्रस्तुति रहने उनले जानकारी दिए । तीज केवल रमाइलोको दिन मात्र नभई अस्तित्व र सांस्कृतिक पहिचान बोकेको पर्व भएको उल्लेख गर्दै भावनात्मक रूपमा जोड्न सबैलाई निमन्त्रणा गरिएको छ ।