३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामका उपराष्ट्रपति सुआनको नेपाल भ्रमणः आज उच्चस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज बिहान ११:०० बजे काठमाडौंको होटल याक एण्ड यतिमा उपराष्ट्रपति सुआन र नेपालका उपराष्ट्रपति यादवबीच संयुक्त पत्रकार सम्मेलन हुने भएको छ। यसअघि दुवै उपराष्ट्रपतिहरूले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, लगानी, जलविद्युत, र सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने कार्यतालिका छ।

नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल-भियतनाम कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा भएको छ। यो भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो।

सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

नेपाल र भियतनामबीच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ, तर तनहुँ जलविद्युत आयोजनामा भियतनामको सङ दा कर्पोरेसन र नेपालको कालिका समूहको साझेदारीले जलविद्युत क्षेत्रमा सहकार्यको सम्भावना देखाएको छ। यो भ्रमणले व्यापार र लगानी वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सुआनलाई परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले स्वागत गर्नुभएको थियो । देउवासँगको भेटमा नेपाल-भियतनाम

सम्बन्ध सुदृढीकरण र आर्थिक साझेदारीका विषयमा छलफल भएको थियो। नेपाल आर्मीले सुआनलाई गार्ड अफ अनर प्रदान गरेको थियो।
भोलि सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुहुनेछ र काठमाडौं तथा ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यतालिका छ ।