२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बखानमा ‘बखान’को सार्वजनिक



अ+ अ-

चितवन । पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को कार्यक्रमकाबीच विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङ्ले स्थापना गर्नुभएको बखान बहुउद्देश्यीय सहकारी संस्थामा बखानको विमोचन गरिएको हो ।

बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले आइतबार उपन्यासको विमोचन गर्नुभएको हो । देशकै पहिलो सहकारी स्थापना गर्नुभएका राजनैतिक र सामाजिक व्यक्तित्व बखानसिंह गुरुङ्लाई मुख्य पात्र बनाइएको उपन्यास महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

यसले सहकारीलाईसमेत राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पराजुलीद्वारा लिखित उपन्यासले बखानसिंह गुरुङको उच्च योगदानलाई इतिहासमा सजिव बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “ओझेलमा परेका एक महत्वपूर्ण व्यक्तिलाई पराजुलीले उजागर गर्ने काम गर्नुभएको छ ।”

विसं २०३९ मा कानुन तथा न्याय र भूमिसुधारमन्त्री बन्नुभएका बखानसिंह गुरुङ्का दुई छोरा सहिद हुनुहुन्छ । सो अवसरमा गुरुङ्का नाति चन्द्रध्वज गुरुङ्ले बाजे बखानसिंह गुरुङ्को राजनैतिक यात्रा र सँगै परिवारले भोगेका पीडाका बारेमा बोल्नुभएको थियो ।

संस्थाका अध्यक्ष देवी थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहाकार एवं नेपाली कांग्रेस चितवनका पूर्व सभापति तोपमानसिंह गुरुङ, बखान सहकारीद्धारा सञ्चालित सङ्ग्रहालयका संयोजक सोम भण्डारी, सहकारीका सञ्चालक रामशरण गैरे लगायतले सहकारीले गर्नुपर्ने काम पराजुलीद्वारा गर्नुभएको जनाउँदै आभार प्रकट गर्नुभएको थियो ।

पुस्तकका लेखक पराजुलीले उपन्यास यथार्थ घटनामा टेकिएको र काल्पनिक जलप लगाइएको कृति भएको बताउनुभयो । उहाँका अनुसार नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसले विसं २००७ देखि २०१० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको पराजुलीले बताउनुभयो ।

बखान पुस्तकको मुख्य पात्रका रूपमा बखानसिंह गुरुङलाई लिइएको छ, जो प्रजातन्त्रका लागि जीवनभर लड्दा पनि ओझेलमा परेका एक योद्धाको रुपमा हुनुहुन्छ । बखानसिंहले प्रजातन्त्रको आन्दोलनमा दुईजना छोरा गुमाउनुपरेको र घरसमेत गुमाएको मार्मिक कथा यसमा समेटिएको छ । यो पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पाटोलाई जोडेर चितवनको एउटा महत्त्वपूर्ण समयकालको दस्तावेजका रूपमा आफूलाई उभ्याएको उहाँले बताउनुभयो ।

पराजुलीका यस अघि कुमाता, मोम्चो र ड्रिमी आइज कृति प्रकाशित भइसकेका छन् । उहाँ नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्षसमेत हुनुहुन्छ । रासस