३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवको गुनासो : एकीकृत समाजवादीमा प्रवेश गरेको दुई महिनासम्म कुनै जिम्मेवारी पाइनँ’



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताउनु भएको हो । पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उहाँको भनाइ छ । उहाँले पार्टीका सबै सदस्यहरुलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरुलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिनुभयो ।

उहाँले सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याउनु भयो । पार्टीका शीर्ष नेताहरु जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उहाँको भनाइ छ । आफूमा पार्टीमा आवद्ध भएको दुई महिना पुग्दा समेत पार्टीले जिम्मेवारी नदिएको भन्दै उहाँले गुनासो समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी)का सबै नेताहरु काठमाडौं उपत्यकामै हुनुहुन्छ । त्यसो भएपछि तल नेताहरु हुने कुरा भएन । यस्तो मलाई लागेको हुनाले ती नेताहरुलाई साथमा लिएर पार्टीले यस्तो निर्णय गरोस् कि पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी बहन गर्नुपर्छ । एउटा न एउटा कार्यक्षेत्र उसको हुनुपर्छ । किनभने कम्युनिष्ट पार्टीको सिद्धान्तले त्यही भन्छ । पार्टी सदस्यता प्राप्त गरिसकेपछि त्यो व्यक्तिले प्रतिमहिना सदस्यता शुल्क तिर्नुपर्छ । र कमिटीका अरु सदस्यहरुसँगको जिम्मेवारी नजुध्नेगरी उसको छुट्टै कार्यक्षेत्र हुनुपर्छ । त्यस्तो भएको छैन भने ति सबै नक्कली कम्युनिष्ट हुन् ।

यहाँ पनि नक्कली कम्युनिष्ट हुनसक्छ । जिम्मेवारी तोकिएको छैन भने तिनीहरु नक्कली कम्युनिष्ट नै हुनसक्छन् । हामी गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवाद बुझाउने, समाजवाद निर्माण कसरी गर्ने ?, आजको परिस्थितिमा के गर्न जरुरी छ ? भन्ने उद्देश्य राखेर प्रत्येक व्यक्तिले काम गरेको हुनुपर्छ, जनतामा गएको हुनुपर्छ । आफ्नो पार्टीको नीति र सिद्धान्तको पालना गरेको हुनुपर्छ । त्यस्तो गर्नुपर्छ भन्ने मनमा लागेको हुनाले मैले सोचेको एकीकृत समाजवादीको नेतैनेता हुनुहुन्छ । तर तल्लो तहमा गएर विरोधीका विचारलाई खण्डन गर्ने, त्यहाँका जनतालाई प्रेरित गर्ने नेताहरु छैनन् कि । सबै ठूला नेताहरु त यहीँ छन् ।’

कम्युनिष्ट पार्टीहरु सिद्धान्तबिना चल्न नसक्ने उल्लेख गर्दै उहाँले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताउनु भयो ।