२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कँडेलले सुर्खेत अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न निर्देशन दिए



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत कालागाउँस्थित अस्पतालमार्फत नागरिकले पाउने स्वास्थ्य सेवा कुनै हालतमा अवरुद्ध नहुनुपर्ने स्पष्ट निर्देशन दिएका छन्।

सोमबार उनले अस्पताल व्यवस्थापन र सम्बन्धित विभागका प्रमुखहरूसँग स्वास्थ्य सेवा प्रवाह, देखिएका समस्या र सुधारका उपायबारे समीक्षा बैठक गरे।

मुख्यमन्त्री कँडेलले भने, “अस्पतालप्रति नागरिकको विश्वास कायम राख्न आवश्यक छ। उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा प्रयोग गरी स्वास्थ्य सेवाबाट कसैलाई पनि बञ्चित गरिनुहुँदैन।”

अस्पतालमा विगतमा व्यवस्थापनसम्बन्धी चुनौतीहरू भए पनि नयाँ निर्देशक नियुक्त भइसकेको र अब अझ प्रभावकारी सेवा दिनुपर्ने उनले बताए। उनले थपे, “पूर्वमा निर्देशक नियुक्त नगरेको भन्दै सरकारलाई आलोचना गरिएको थियो। अब सबैले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने दिशामा ध्यान दिनु जरुरी छ।”

बैठकमा मन्त्रालय, अस्पताल व्यवस्थापन र विभागीय प्रमुखहरूले जनशक्तिको सिमितता र बिरामीको बढ्दो चापबीच सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।




भर्खरै