२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँमा गाउँ फर्किनेको लर्कोः पहिरो र अग्रिम टिकटको व्यवस्था नहुँदा समस्या भएको यात्रुहरुको गुनासो



अ+ अ-

काठमाडौ । नेपालीहरुको महान पर्व विजया दशमी शुरु भएसँगै गाउँ फर्किनेहरुको लर्को लागेको छ ।

काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडिबुटी लगायतका क्षेत्रमा मानिसहरु गाडी कुरेर बसिरहेका देख्न सकिन्छ । दशैँमा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या उल्लेख्य हुने गर्दछ ।

दशैँ नेपालीहरुको महान चाड भएकाले पनि काठमाडौंलाई कर्मथलो र अध्ययनस्थल बनाएकाहरु आफ्नो गाउँ फर्किरहेका छन् । केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् । विपी राजमार्ग हुँदै पूर्वको यात्रा गर्नेहरु गौशाला, कोटेश्वरमा भीड देख्न सकिन्छ ।

यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरुको गुनासो छ । विगतका वर्षहरुमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिलै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था रहेपनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको बताए । केही यात्रुहरुले रिजर्भमा गएका, केही पहिरोका कारण रोकिँदा बस नपाएको गुनासो समेत गरेका छन् ।




भर्खरै