२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १:०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि  पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उहाँले बताउनुभयो ।