२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमनोभावनाको ख्याल राखेर राज्य पद्धतिको सुधार गरौं : पूर्वराजा शाह



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य प्रवलीकरण र गतिशील व्यवस्थापनका प्रमुख परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको बताउनुभएको छ ।

२०८२ विजय दशमीको अवसरमा एक शुभकामना सन्देश दिदै पूर्वराजा शाहले आउँदो पुस्ताको लागि नयाँ समय, आशा, विश्वासका साथ अघि बढाउने जिम्मेवारी पुरा गर्ने सबैको साझा कर्तव्य भएको पनि जनाउनु भएको छ ।

सन्देशमा मुलुकले नयाँ पुस्ताको इच्छाशक्ति र जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गरिएको छ । यसैगरी विगतमा देखिएका असफलता र कमीकमजोरीलाई सच्याएर भविष्यतर्फ अघि बढ्नु आवश्यक रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

सन्देशमा भनिएको छ -आधुनिक प्रविधि, विज्ञान र शिक्षा अपनाउँदै राष्ट्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता रहेको र युवापुस्ताले राष्ट्रिय भावना, अनुशासन, नवीन सोच र जिम्मेवारीका साथ योगदान दिनुपर्ने जनाउनु भएको छ ।