२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा चर्कियो विवाद, तोसिमाको चेतावनी– सार्वजनिक भण्डाफोर गर्नु नपरोस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद चर्किएको छ । पार्टी नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर विवाद चर्किंदै गएपछि नेताहरु आरोप प्रत्यारोपमा लागेका छन् ।

निवर्तमान सांसद तोसिमा कार्कीले पार्टी रुपान्तरण गरौं भनेर जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठाउँदा गेट आउट भनेर बुल्ली गर्ने र गर्न लाउने काम हुने गरेको भन्दै आपत्ति जनाएकी छन् । उनले यस्ता गतिविधि गर्नेहरुलाई टुलुटुलु हेरेर बस्नेहरुको भण्डाफोर गर्नु नपरोस् भन्दै चेतावनी दिएकी छन् ।

उनले सामाजिक सञ्जालमा हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गराउनसमेत चुनौती दिएकी छन् । लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट आफूसँग रहेको उनको दाबी छ ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्–

खबरदार !

पार्टिलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ , समय सापेक्षिक रुपान्तरण गरौँ भनि जिम्मेवारपुर्ण तरिकाले राजनितिक बिषय उठान गर्दा Get Out भनेर Bully गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।

कहिले राजिनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रो सँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर media trial गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोज्ने ??

हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर – लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमा सँग।

यहि आन्दोलनमै पनि प्रहरिको गोलिबिच हिँडेको मान्छे हो।

तिमिहरुको प्रोपागाण्डा र हेपाहा बोली सँग रत्तिभर डराउदैन।

तिमीहरुले जति नै Bully र Media Trial गरेपनि राजनितिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पङ्ति छोडेर पनि भाग्दैन।

देश बनाउन हिँडेको योद्दा हो। लड्छु।

जय घण्टी । जय देश।