२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाबारे प्रवक्ता महतः सांघातिक हमला हुने देख्दा देख्तै त घर नछोडेको व्यक्ति देश छोडेर भाग्नुपर्ने कारण के ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताउनुभएको छ ।

आईतवार पत्रकार भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रिय समितिबाटै निचोड निस्किने स्पष्ट पार्नुभयो । केन्द्रिय समितिको बैठकले सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्ने जिकिर गर्नुभयो ।

अधिवेशन प्रक्रियालाई पनि चाँडो भन्दा चाँडो केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने बताउनु भयो । पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उहाँ देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताउनु भयो । पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उहाँले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताउनु भयो । देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरु देशभर छरिएर रहेका साथीहरुमा अन्योल हुनसक्छ । हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे । अहिले हामीले यि कुराहरुमा ध्यान दिनु हुँदैन । अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रिय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन । पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ । शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन । अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो । उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन । पासपोर्ट लिने हरेक नेपालीको हक छ । पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ । उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन ।’

प्रवक्ता महतले यि कामहरु पार्टीलाई कमजोर बनाउने कोशिस भएको जिकिर गर्नुभयो । पुराना नेताहरुलाई चुनावमा लड्न दिन्नौ भन्ने गरिएको भन्दै जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरु को हो ? भन्दै प्रश्न गर्नुभयो ।




भर्खरै