२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनमाया बनिन् विश्व ‘ट्रेल रन’की उपविजेता



अ+ अ-

काठमाडौँ। विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा सुनमाया बुढाले दोस्रो स्थान हासिल गरेकी छन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् ।

बुढाले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन् । सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्टभन्दा २६ मिनेटले पछि परिन् ।

तेस्रो संस्करणको यस प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलोपटक विश्व एथ्लेटिक्स र इन्टरनेसनल एसोसिएसन अफ अल्ट्रा रनर्स मिलेर सहकार्य गरेका थिए ।

प्रतियोगितामा ८० देशका एक हजार ७०० खेलाडी सहभागी थिए । यो हालसम्मकै सबैभन्दा ठूलो सहभागिता भएको बताइएको छ । नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपालबाट सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो । ८२ किलोमिटर लामो ट्रेलमा सुमन ३२औँ स्थानमा र मनकुमारले ३६औँ स्थानमा रहँदै दूरी पार गरेका छन् ।

सङ्घका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावनालाई उजागर गरेको बताउनुभएको छ ।